
आज मिति २०८१भाद्र १ गते सुन्दर नगरी पोखरामा अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ )को १६ औं सम्मेलनपछीको दोस्रो भेला सम्पन्न भएको छ ।
“जनबादी शिक्षा प्राप्तिको लागि निरन्तर संघर्श गरौं !
बड्दो युवा -विद्यार्थी बिदेश पलायन रोकौ !! भन्ने मुल नारा रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रहनु भएका युनियनका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नु भएको थिय
उहाले सम्बोधनको क्रममा बर्तमान राज्यको प्रमुख समस्याको रुपमा युवा विद्यार्थी पलायन रहेको देशमा सहि प्रकारको शासन ब्यबस्था नभएकोले देश बिकासमा युवा जन शक्तिलाई राज्यले खपत गर्न नसकेकोले युवा बिद्यार्थीलेदेशमा बसेर कुनै भबिस्य नदेखेकोले पनि बाध्य भएर पलायनको बाटो समात्नु परेको समेत बताउनु भयो ।
जनबादी ब्यबस्थाले मात्र देशर जनताको समस्या समाधान गर्ने भएकोले युवा विद्यार्थीले जनबादी शिक्षा प्राप्तिको लागी निरन्तर संघर्श गर्नु पर्ने बताउनुभयो ।
भेलाले नंया समिति चयन पनि गरेको थियो । जसको अध्यक्ष सोमनाथ अधिकारी ,उपाध्यक्षमा शिसिर सुवेदी सचिब अमृत बिक सह सचिबसन्जीता घर्ती मगर कोषाध्यक्ष बिना ढुङ्गगना रहनु भएको छ भने ,
त्यस्तै गरि मिलन सुनुवार विवेक अधिकारी तारा भन्डारी अस्मिता पुन सगम घर्ती मिरे बिक शुधा थापा सुनमाया थापा र एक सदस्य रिक्त १३ सदस्यी समिति निर्वाचित गरेको छ
उक्त भेलाको प्रमुख अतिथि अनेरास्ववियु (छैठौ)का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी रहनु भएको थियो ।
भेलामा रास्टिय जनमोर्चा केन्द्रीय सदस्य शंकर बराल अखिल नेपाल मुल प्रवाहका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापा ,नेकपा (मसाल)का कास्की जिल्ला प्रबक्ता चन्द्रबहादुर केसी ,रास्टिय जनमोर्चा कास्कीका जिल्ला अध्यक्ष रबिमोहन ढकाल अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर जातिय समता समाजका जिल्ला अध्यक्ष प्रेम बिक , अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश अध्यक्ष डम्बर थापा, समता समाज जिल्ला अध्यक्ष प्रेम बहादुर बिक ,अखिल नेपाल युवक संघ जिल्ला सचिब प्रकास बराल र रास्टिय जनमोर्चा पोखरा महानगर पालिका अध्यक्ष बिष्णु पुरीले शुभकामना मनतब्य राख्नु भएको थियो ।
त्यस्तै गरि नव निर्वाचित समितिलाई अखिल नेपाल बुद्धिजिबी संघ कास्कीका जिल्ला सचिब प्रबिण पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना मन्तब्य राख्नु भएको थियो । थियो ।
उक्त भेलाको सभापतित्यो सोमनाथ अधिकारी , सन्चालन अमृत बिक र स्वागत मन्तव्य बिना ढुंगानाको रहेको थियो ।