
चेन्नर्ई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विभागीय भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिअन्तर्गतका महिला विभाग, सांस्कृतिक विभाग र विद्यार्थी विभागको सो भेला अगस्त १७-१८, २०२४ का दिन सम्पन्न भएको हो ।
समाज केन्द्रीय सदस्य जनक पौडेलको विशेष आतित्थ्य रहेको उक्त भेलाको उद्घाटन केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै क्षेत्रीय अध्यक्ष थापाले हामी प्रवासस्थित सम्पूणर् नेपाली आफ्नो हकहित र अधिकारका लागि संगठनमा आबद्ध हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्यहरू चन्द्रकान्त शर्मा, भगवती कुँवर, बालाकृष्ण गायक, काशिराम शर्मा, केशमान नेपाली, खगेश्वर सुनार, क्षेत्रीय समितिका लोकेन्द्र पौडेल, बुद्विराम पौडेल, मीना हमाल, भीमलाल शर्मा, दक्षिण महिला विभागबाट नविना बस्नेत, मीना सापकोटा, चेन्नै पश्चिम महिला विभाग बाट चन्द्रिका पौडेल, पाण्डिचेरीबाट जमुना शर्मा, रेखा गायक, सरस्वती गायक, निलगिरीबाट रूपा थापा, कोयम्बटुरबाट खिमकला पौडेल, सांस्कृतिक विभागबाट डिलबहादुर जिएम, विद्यार्थी विभागबाट पुष्पा पौडेल र प्रभात पौडेल, व्यवस्थापनबाट प्रकाश नेपालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथि केन्द्रीय पौडेलले तीनओटै भिभागका समिति घोषणा गर्नुभएको थियो ।
महिला विभागको संयोजकमा शर्मा
क्षेत्रीय महिला विभागको संयोजक विष्णु शर्मा रहनुभएको छ भने सदस्यहरूमाः पार्वती विक (बेङलोर दक्षिण), दुरा पहरी (बेङलोर उत्तर), खिरमाया थापा (कोट्याम), जानकी बिसी (कोचिन), रूपा थापा (निलगिरी), जमुना शर्मा (पान्डिचेरी), चन्द्रीका पौडेल (चेन्नर्ई पश्चिम), नवीना बस्नेत पौडेल (चेन्नर्ई दक्षिण), सम्झना बस्याल (चेन्नर्ई पूर्व) भूमादेवी केसी (नेल्लोर), जमुना शर्मा पौडेल (कोयम्बटोर), सरस्वती गायक (पान्डिचेरी), बालिका शर्मा (कोट्याम), गीता केसी (चेन्नर्ई उत्तर), लोककुमारी थापा (चेन्नई पश्चिम) र मीना सापकोटा (चेन्नई दक्षिण) रहनुभएको छ ।
विद्यार्थी विभागको अध्यक्षमा थापा
क्षेत्रीय विद्यार्थी विभागको अध्यक्षमा निलगिरीका कस्तुरी थापा रहनुभएको छ भने सचिवमा कविता हमाल (निलगिरी) र कोषाध्यक्षमा मिलन आचार्य (चेन्नई उत्तर) रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा प्रभात शर्मा (पान्डिचेरी), सन्तोष पहरी (बेङलोर उत्तर), परि विसी (कोचिन), प्रदीप शर्मा (कोट्याम), विशाल सापकोटा (चेन्नई पूर्व), सुस्मितादेवी आचार्य (चेन्नई दक्षिण), प्रतिक गायक (सितम्बरम) र अश्विनी पौडल रहनु भएको छ ।
साँस्कृतिक विभागको संयोजकमा गायक
क्षेत्रीय साँस्कृतिक विभागको संयोजकमा सितम्बरमका बालाकृष्ण गायक रहनुभएको छ । समितिको सदस्यहरूमा टेकबहादुर विक (निलगिरी), सम्झना श्रीस (कोट्याम), जनक विसी (कोचिन), रामराज पौडल (बेङलोर दक्षिण), डिलबहादुर जिएम (चेन्नई पश्चिम), मिलन खत्री (नेल्लोर), ज्योती पहरी (बेङलोर उत्तर), राजेन्द्र जिसी (पाण्डिचेरी), राजेश विक (चेन्नई पश्चिम) र देवी विक (नेल्लोर) रहनुभएको छ ।
पौडेललाई बिदाइ
कार्यक्रममा दाङ जिल्ला घर भई गभर्मेमेन्ट आरसा अस्पताल चेन्नई रायपुरमबाट नोकरी अवकाशप्राप्त मूल प्रवाहका चेन्नई उत्तर नगर समितिका सदस्य नारायण पौडेललाई बिदाइ गरिएको छ ।
तीनओटै समितिलाई शुभकामना तथा पौडेललाई बिदाइ दिँदै प्रमुख अतिथि पौडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, चन्द्रकान्त शर्मा, केशमान नेपाली, खगेश्वर सुनार, केन्द्रीय सल्लाहकार काशीराम शर्मा, क्षेत्रीय सदस्य कोटिप्रसाद पोख्रेल र नेत्रलाल शर्मा, व्यवस्थापन समितिको तर्फबाट रोमबहादुर सापकोटा बधाई मन्तव्य राख्नुभएको थियो ।
भेलामा साँस्कृतिक विभागका कलाकारद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।