राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा सम्पन्न

बागलुङ ,

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा सम्पन्न  ! हुग्दीसिर, दमेक, पैयुपाटा, हटिया, दगा, टारीखेत र हर्पेमा सम्पन्न  गलकाेट न पा र ढाेपाटन न पा मा ज्ञापनपत्र

२०८१ भाद्र १३ गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको हुग्दीसिर, दमेक, पैयुपाटा, हटिया, दगा, टारीखेत र हर्पेमा गरि सातै वटा टाेलिकाे कार्यक्रम सम्पन्न भएको छ ।

जस अनुसार टाेलि नं १ काे कार्यक्रम बरेङ गाउँपालिकाकाे वडा न २ हुग्दीसिरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पाैडेल, जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बरेङका सदस्य तुफान पुन, सेर बहादुर थापा लगायतले मन्तव्य दिनु भएको थियोे भने स्थानीय नेता तथा जनप्रतिनिधिहरुकाे अातित्थ्यता रहेको थियाे । कार्यक्रम खुमराज शर्माकाे अध्यक्षता, मीन बहादुर पुनकाे सञ्चालन र प्रेम बहादुर थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न ३ दमेकमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी,  राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य ठाकुर पौडेल लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे ।

टाेलि न ३ काे कार्यक्रम बागलुङ नगर पालिका १३ पैयुपाटामा सम्पन्न भएको छ   । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य लाेकनाथ शर्मा, याेगेन्द्र पाैडेल, अाशा राेका लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम प्रेम बहादुर राेकाकाे अध्यक्षता र टेक बहादुर अारसीकाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न ३ हटियामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक के सि, जिल्ला सदस्य पदम श्रेष्ठ, लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघका बागलुङका अध्यक्ष मित्रदत्त ढकाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम तुक कुमारी श्रेष्ठकाे अध्यक्षता, खडक बिककाे संचालन र  यम बहादुर खडकाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।

टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न १ दगामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य बाेम बहादुर थापा, साेमन्ता सलामी, बडिगाडमा पालिका सचिव विमल श्रीस, अखिल नेपाल जनजाति सम्मेलनका निम भुजेल लगायतका अतिथिहरुले मन्तव्य दिनु भएको थियो । कार्यक्रम यम बहादुर सलामीकाे अध्यक्षता, अनिल गिरीकाे सञ्चालन र नरेन्द्र घर्तीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।

टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न २, टारीखेतमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य धन बहादुर अदै, कमला पान्डे, निम कुमारी भण्डारी लगायतले मन्तव्य दिनुभएको थियोे संचालन र । कार्यक्रम तम बहादुर घर्तीकाे अध्यक्षता र लाल बहादुर कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

टाेलि नं ७ काे कार्यक्रम निसीखाेला गाउँपालिकाकाे वडा न १ हर्पेमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य थमन घर्ती लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम झमानसिह पुनकाे अध्यक्षता र  राजु भण्डारीकाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन ज्ञापन पत्र

अाजै टाेलि नं ४ ले राष्ट्रिय तथा स्थानीय समस्याकाे बिषयमा स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक के सि, जिल्ला सदस्य पदम श्रेष्ठ लगायतको सहभागी रहेको थियो। ज्ञापनपत्र बुझे पछि नगर प्रमुख भरत शर्मा गैरेले  कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।

टाेलि नं ६ ले राष्ट्रिय तथा स्थानीय समस्याकाे बिषयमा स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन ढाेरपाटन नगरपालिकाका का.बा. नगर प्रमुख धन बहादुर कायत लाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य तम बहादुर घर्ती, धन बहादुर अदै, कमला पान्डे लगायत नगर समितिका सदस्यहरुकाे सहभागीता रहेको थियो। ज्ञापनपत्र बुझे पछि का.बा. नगर प्रमुख धन बहादुर कायतले  उल्लेखित समस्याहरु कार्यान्वयन तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation