
बागलुङ ,
२०८१ भाद्र १९गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे, घुश्मेलीमा गरि २ ठाउँमा कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न ५, बिनामारेमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिल बहादुर दर्जी, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन, राजमाे जिल्ला सदस्य ठाकुर शर्मा,अखिल नेपाल किसान संघ बागलुङका उपाध्यक्ष होम बहादुर पुन, राजमाे नगर सदस्य झलक पुन,गिता विक लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम गोपाल पौडेलकाे अध्यक्षता, विष्णु पौडेलकाे सञ्चालन र विष्णु थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।
टाेलि नं ४ काे कार्यक्रम ताराखाेला गाउँपालिकाकाे वडा न ३, घुश्मेलीमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक केसी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम तिर्थसिह थापाकाे अध्यक्षता, खडक बिककाे संचालन र भिम चाेखालकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।
स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन ज्ञापन पत्र
अाजै टाेलि नं ४ ले राष्ट्रिय तथा स्थानीय समस्याकाे बिषयमा स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन ताराखाेला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिक हिमाल लाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक केसी, जिल्ला सदस्य तिर्थसिह थापा, खडक बिक, गाउँ समिति सदस्य राम बहादुर खत्री, नर बहादुर थापा लगायत रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि गाउँपालिकाका अध्यक्ष अध्यक्ष धन बहादुर बिक हिमालले कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।