बुटवलको मिलनचाेकमा ड्रिम्स रिकण्डिसन साेरुम सुभारम्भ

बुटवल ९ मिलनचाेकमा ड्रिम्स रिकण्डिसन साेरुमको आज एक कार्यक्रमका बीच सुभारम्भ गरिएको छ । युवा उद्यमी सन्ताेष के.सी. काे लगानीमा स्थापना भएकाे उक्त ब्यबसायकाे आज अाैपचारिक रुमा बुटवल उपमहानगरपालिका वार्ड नम्बर ०९ का अध्यक्ष  प्रदिप कुमार श्रेष्ठले  उद्घाटन गर्नुभएकाे हाे । ब्यबसायकाे उद्धघाटन गर्दै आर्थिक मन्दीका बिचमा यस क्षेत्रमा रहेर युबा ब्यवसायमा होमिएको प्रती खुशी व्यक्त गर्दै स्थानीय निकाय बाट गर्नु पर्ने आवस्यक सहयोग रहने कुरा बताउनु भयो ।

ड्रिम्स रिकन्डिसनका सन्चालक  सन्तोष केसीले
“जे गर्छु नेपालमै गर्छु” भन्ने विश्वासलाई आत्मसाथ गर्दै साहस लिएर प्रतिकुल अर्थतन्त्र का बाबजुत ब्यबसायमा हात हालेकाे बताउदै सबैकाे साथ सहयाेगले नया व्यवसाय प्रारम्भ गरेको जानकारी दिनु भयो ।उक्त ब्यसायले विभिन्न ब्राण्डका सेकेण्डह्याण्ड माेटरसाईकल स्कुटर खरिदबिक्री तथा एक्सचेन्ज तथा अल्पकालिन समयका लाग माेटरसाईकल स्कुटर भाडामा समेत दिने सञ्चालक के.सी. ले बताउनुभएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation