
साइबर अपराध गरेको आरोपमा आफूमाथि पक्राउ पूर्जी जारी भएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पत्रकार सम्मेलनको तयारी गर्दैछन् । उनले बुधवार साँझ भक्तपुरस्थित घरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सर्लाहीमा बिहीवार प्रदर्शन गर्ने तयारी गरेका प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंबाट बुधवार पक्राउ पुर्जी जारी भएको छ । पछिल्ला दिनमा प्रसाईंले सरकारका कार्यशैलीसँगै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतविरुद्ध विभिन्न अभिव्यक्ति दिँदै आएका थिए ।
साइबर ब्यूरोमा प्रसाईंविरुद्ध उजुरी परेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गर्ने योजनाअनुरुप पक्राउ पुर्जी जारी भएको हो ।