बेंगलोर र पाण्डेचरीमा विस्तारित बैठक तथा भेला सम्पन्न

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त विस्तारित बैठक २९ सितम्बर २०२४ का दिनमा सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका अध्यक्ष धर्म पहरीको अध्यक्षता र दक्षिण नगर समितिका सहसचिव दान बहादुर पहरीको सञ्चालन पछि केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्माको प्रमुख आतित्थ्यता, केन्द्रीय सदस्य नरेश कुमार विक, क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ विक, क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरी लगायतको आतिथ्यता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनट मौनधारण पछि उपस्थित सम्पूर्णलाई शब्दबाट दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खडायत र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि मदन शर्माले तालिको गडगडाहट बिच द्वीप प्रवज्योलन गरी उद्घाटन एवं उद्दघाटन मन्तव्य राख्नु भएको थियो । एकता समाजको स्थापना १९७९ नवम्बर ७ तारिकका दिन विभिन्न कठिनाइहरू झेल्दै जन्मेको एकता समाज आज भारतका विभिन्न गल्ली र सहरहरूमा विदेशिएका नेपालीहरूको अभिभावक तथा पाठशालाको रुपमा सञ्चालित भएको बताउनु भयो ।

‘आज भारतमा सबै तिर नगर सम्मेलनको लहर चलिरहेको छ’ शर्माले भन्नु भयो– दक्षिण भारतमा केही अराजक व्यक्तिहरूले संगठनको छविलाई धमिल्याउन खोजेका थिए । त्यसको सामना पनि मूल प्रवाहका कार्यकर्ताहरूले परास्त गरिदिएका छन् ।’ अन्य अतिथिहरूले पनि आ आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

एरिया समितिबाट आफ्नो रिपोर्ट तथा शुभकामना दिनुभएको थियो । रचना हाल्ली एरियाबाट जय बहादुर विक, केवलबयर सन्द्र एरियाबाट ओम बहादुर दाहाल, पुट्टना हाल्ली एरियाबाट रामराज पौडेल, बिटीयम एरियाबाट बलराम कोलीले गर्नु भएको थियो । भेलाले धर्म पहरीको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन व्यवस्थापन समिति गठन भएको छ ।

हाल व्यवस्थापन ओम बहादुर दाहाल संयोजकत्व, रमेश विक जय बहादुर विक, आर्थिक व्यवस्थापनको संयोजकत्व रमेश राम विक, तिलक केसी, प्रकाशन तथा प्रसार प्रसारमा नरेश कुमार विकको संयोजकत्व दान बहादुर पहरी, निर्मला दाहाल साँस्कृतिक ब्यबस्थापनमा दान बहादुर पहरीको संयोजकत्वमा किशोर कुमार विक, रामराज पौडेल छ । स्वयंसेवक ब्यबस्थापनमा परमानन्द खडायतको संयोजकत्वमा रमेश विक, मनोज विक, सरस्वती केसी, राजु देवी विक, अतिथि सत्कारमा तिलक केसीको संयोजकत्व बलराम कोली, मान बहादुर विक र दुरा पहरी रहनु भएको छ ।

पाण्डिचेरी,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिले आफ्नो पन्ध्रौं नगर सम्मेलन सफल पार्न विस्तारित भेला सम्पन्न गरेको छ ।

कार्यवाहक अध्यक्ष भद्र बहादुर जिसीको अध्यक्षता, सचिव गोविन्द शर्माको सञ्चालन रहेको उक्त भेलामा मूल प्रवाह केन्द्रीय समिति सदस्य बालाकृष्ण गायक, भगवति कुवँर, जनकराज पौडेल र चन्द्रकान्त शर्माको उपस्थिति रहेको थियो ।

एरियाबाट ब्यापक प्रतिनिधित्व रहेको भेलाको समउद्घाटन केन्द्रीय सदस्य बालाकृष्ण गायकले गर्नुभएको थियो । भेलामा पन्ध्रौं नगर सम्मेलन सफल पार्न अवाश्यक विविध विषयमा व्यापक छलफल गर्दै निर्णय सहित भेला समापन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation