समाजवादका लागि सामना साँस्कृतिक अभियान बुटवलमा

 

टेकराज भुसाल,
बुटवल। समाजवादका लागि सामना साँस्कृतिक अभियान बुटवलमा आएको छ।

आज दिउसो १ बजेदेखि लुम्बिनी प्रादेशिक अस्पताल पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको सभा हलमा साँस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने सामना परिवार बुटवल आएको हो।

असाेज ११ गते हेटौंडाबाट शुरु भएको अभियान चितवन, नवलपुरमा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेर आज बुटवलमा प्रस्तुत गर्ने तयारी छ। बुटवलमा प्रस्तुति प्रस्तुत गरेर सामना परिवार कपिलवस्तु जाने साँस्कृतिक टिमकाे नेतृत्व गर्नुभएका बामपंथी नेता मणि थापाले बताउनुभयो।

कार्यक्रमकाे मुल उद्धेश्य माओवादी आन्दोलन माथि भएको हमला तथा माओवादीलाई धुर्बिकरण गर्ने रहेको आयोजक सामना परिवारले जनाएको छ।
सम्पूर्ण माओवादी घटकहरुकाे समर्थन रहेको उक्त कार्यक्रमकाे नेतृत्व नेकपाले गरेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation