मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली भएको पुष्टि

मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली भएको पुष्टि भएको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उक्त गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते भएका छन् । दूतावासका अनुसार घाइते तीन नेपालीको उपचार भइरहेको छ ।

उनीहरू सबै मेक्सिकोको अध्यागमन अधिकारीको नियन्त्रणमा छन् । ‘बुधबार भएको घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन’, दूतावासले भनेको छ । यसअघि उक्त घटनामा एक नेपालीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा समाचार आएका थिए ।

अबैधरूपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरू चढेको गाडी मेक्सिको र ग्वाटेमालाको सिमानामा रोक्न आग्रह गर्दा भाग्न खोजेको भन्दै मेक्सिकन सेनाले गोली चलाएको थियो । जुन गाडीमा ११ जना नेपाली सवार थिए । दूतावासले मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation