चाडपर्वको नाममा हुने बिकृती रोक्नु पर्दछ : नेपाली

 

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले चाडपर्वको नाममा हुने बिकृतीलाइ रोक्नु पर्ने कुरा बताउनु भयो । चाडपर्वको नाममा महङ्गो खानु पर्ने , महङ्गो लगाउनु पर्ने , तडकभडक गर्नु पर्ने , जाडरक्सि र जुवातासलाइ बढवा दिनु पर्ने जस्ता बिकृत सस्कृतीलाइ निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिनु भयो । राष्ट्रिय जनमोर्चा गढवा गाउपालीकाले राखेको चाडपर्व मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले देशका युबाहरुको बिदेश पलायन प्रति चिन्ता प्रकट गर्दै युबाहरुमा देशभक्ति भाबना वृद्धि गर्नु पर्ने कुरा बताउनु भयो ।
उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले हाम्रो देश धर्म निरपेक्ष भएको हुनाले सबै चाडपर्व र धर्म सस्कृतिलाइ समान रुपले लिनु पर्ने कुरा बताउनु भयो । उहाले अगाडी भन्नु भयो राष्ट्रिय जनमोर्चा निरन्तर धर्म निरपेक्षताको पक्षमा रहेको तर साम्राज्यवादीहरु साम्राज्यवादी उदेश्यको लागि र राजाबादीहरु राजतन्त्रको लागि धार्मिक कुरा गर्नु दु:खद भएको कुरा बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल युबक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल , अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दिनामणि आचार्य ,अखिल नेपाल शिक्षक संघ का केन्द्रिय सदस्य लालबहादुर भण्डारी , अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिामा आचार्य , राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा , अखिल नेपाल शिक्षक संघ जिल्ला सचिब ठाकुर खनाल , अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका जिल्ला सदस्य चिन्ताप्रसाद पोख्रेल , अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष चुनचुन के सि , अखिल (छैठौं)का जिल्ला सदस्य सस्कृती आचार्य , गढबा गापाका कार्यपालीका सदस्य सुर्य नेपाली लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा जेष्ठ सदस्यहरु रुकमागत आचार्य , इस्वरी आचार्य , तिलकराम पोख्रेल , कासिराम यादब , धर्मराज पन्थी , धनेस्वर खनाल यसैगरी सरकारको पुर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको लागि नाम निकाल्नु भएका दिग्सन आचार्य , सुदिन भुसाल र असिम पोख्रेललाइ दोसल्ला र अबिर लगाइ सम्मान गरिएको थियोे । सम्मानित मध्यबाट दिग्सन आचार्य , सुदिन भुसाल र असिम पोख्रेलले सम्मान गरेकोमा खुसि प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । गाउपालीका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कृष्ण खडकाले र संचालन चित्र एमसिले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation