
शंकर प्रसाद पोख्रेल
रुपन्देही बुटवल ,पत्रकार महासंघ रुपन्देहीले शुभ दिपावली ,नेपाल सम्बत एवं छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
पत्रकार महासंघ रुपन्देहीको हलमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले गर्नुभएको थियो। शुभकामना कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख विभिन्न संघ सस्थाहरुको अतिथ्या रहेको थियो।
शुभकामना कार्यक्रमको संचालन महासंघका सचीव विनोद परियारले गर्नुभएको थियो।