४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या

बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ।

रड प्रहारबाट घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।

शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation