
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
नेकपा माओबादी केन्द्रले यतिबेला देशब्यापी रूपमा वडा अधिबेशनहरु गरिरहेको छ। संगठनलाइ जनताहरु माझ लैजाने र जनताका आवाजहरु सुनेर अगाडि बढ्ने उदेश्यका साथ वडा अधिबेशनहरु अगाडि बढेको माओबादी केन्द्रका नेताहरुले बतायका छन।
नेकपा माओबादी केन्द्र रुपन्देहीलेपनी वडा अधिबेशन हरु अधिकांस १०० वडाहरुमा सम्पन्न गरेको र केही वडाहरुमा अधिबेशन जारि रहेको जिल्ला संयोजक निर्मल जिसिले विश्व नेपालीलाई बताउनुभयो ।संयोजक जिसीका अनुसार वडा अधिबेशनले कार्यकर्ताहरुमा उत्साह थपेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका दस वटा वडाहरुमा अधिबेशन सम्पन्न भएको नेकपा माओबादी केन्द्रका बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसालले बताउनुभयको छ।
नेपाली कांग्रेसका प्रेम सागर चौधरी सहित २ दर्जन बढी कांग्रेस कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक निर्मल जिसीले बताउनुभयको छ। कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुहुनेमा काङ्ग्रेसमा विभिन्न तहमा कृयाशिल सदस्यहरु हुनुहुन्छ ।काशी प्रसाद थारु , किशोर कुम्हाल, कुल बहादुर कुमाल , कृष्णा कुमाल, गोबिन्द थारु, बिसराम थारु, मनोज थारु , शिबा कुमार थारु, राज कुमार थारु, बिशाल थारु ,संगीत चौधरी ,सुधन थारु , जीवन कुमाल, रामु दगोरिया, गोबिन्द कुँवर,शोभा थारु माओवादी केन्द्रमा प्रवेश गरेका हुन। नब प्रबेसिलाइ एक कार्यक्रम बीच माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी प्रबेश गराउनुभएको , बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसालले बताउनुभयको छ।
त्यसै गरि माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जनताको वास्तविक पार्टी माओवादी केन्द्र रहेको र समाहित हुनेको संख्या बढेको बताउनु भएको छ। देश र जनताको पक्षमा जिम्मेवार पार्टी , अन्यायको विरुद्धमा बोल्ने पार्टी माओवादी केन्द्र मात्र रहेछ भन्ने जनताले महसुस गर्न थालेको भन्दै माओवादीमा २०६४ सालको जस्तो जनलहर आउने बरालको भनाइ थियो।
बुटवल उपमहानगर पालिका वडा नम्बर १९ को अधिबेशन तथा पार्टी प्रवेश कार्यक्रममा उक्त पार्टीका नगर इन्चार्ज पुस्प ढकाल, नगर अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष दिनेश कुँवर, गिरिराज पाण्डे ,झिल्लु न्यौपाने लगायतको उपस्थित थियो।