कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी

रुपन्देही  , रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भएकी छन्। कांग्रेस एमाले गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै उनले बाजी मारेकी हुन्।

कांग्रेसको चुनाव चिह्न लिएर लडेकी एमालेकी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन्। उनले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस एमाले गठबन्धनकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation