आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदै

आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२५ को पहिलो उल्का वर्षा हो ।

उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation