अखिल नेपाल शिक्षक संघ गौमुखीको तेस्रो अधिबेशन सम्पन्न

 

नारायण जिसी

अखिल नेपाल शिक्षक संघ गाैमुखी गाउँपालिकाकाे तेस्रो अधिवेशन आज ठुलावेशीमा सम्पन्न भएको छ।
अखिल नेपाल नेपाल शिक्षक संघका केन्द्रीय महासचिव चक्रपाणी पाैड्यालकाे प्रमुख आथित्यतामा उद्घाटन भएको कार्यक्रममा नेकपा मसालका लुम्बिनी प्रदेस प्रवक्ता तिलक जि.सी.,राष्ट्रिय जनमाेर्चाका प्युठान जिल्ला अध्यक्ष ज्ञामुराम न्याैपाने,राष्ट्रिय जनमाेर्चा जिल्ला सचिवालय सदस्य भरत के.सी.,अखिल नेपाल शिक्षक संघका प्युठान जिल्ला अध्यक्ष अर्जुन बहादुर के.सी.,पुर्व अध्यक्ष शिद्विमान जि.सी.,उपाध्यक्ष डम्बर सिह जि.सी.,सचिव धुर्व गिरी र अखिल नेपाल शिक्षक संघ गाैमुखीका सस्थापक अध्यक्ष नारायण जि.सी.लगायतले शुभकामना दिनु भएको थियाे।
अधिवेशनले बल बहादुर वि.क.काे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ।जसकाे उपाध्यक्षमा झगु गिरी,सचिवमा कबि के.सी.,काेषाध्यक्षमा विमला घिमिरे र सदस्यहरुमा क्रमश पित्रीभक्त रिजाल,कुलदिप बि.क.,गुरु प्रसाद पाेखरेल,विष्णा राेका र निर्मला के.सी. रहनु भएको छ।त्यस्तै सल्लाहकारमा नारायण जि.सी. र उपेन्द्र न्याैपाने रहनु भएको छ।
अधिवेशनमा नवनिर्वाचित पदाधिकारीरुलाई युवा नेता गाैमुखी ५ का वडाध्यक्ष बरुण ध्वज मल्लले बधाई तथा सफलताकाे शुभकामना र नवनिर्वाचित अध्यक्ष बि.क.ले प्रतिबद्वता ब्यक्त गर्नु भएको थियाे।
कार्यक्रम उपेन्द्र प्रसाद न्याैपानेकाे अध्यक्षतामा र बल बहादुर बि.क.काे स्वागत भाषणमा र कवि के.सी.काे संचालनमा भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation