माघे सक्रान्तिको अवशरमा जेष्ठ नागरिक सम्मान

विनोद खनाल, बुटवल
सैनामैना नगरपालिका वडा नम्बर ५ को कर्मुहा टोल बिकास संस्थाले माघे सक्रान्तिको अवशरमा जेष्ठ नागरिक सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बुद्धिजीवी वसन्त श्रेष्ठले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक र अशक्त नागरिक गरि १७ जनालाई ज्याकेट तथा नगद सहित सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै उनले मृत्यु पश्चातका दान, पिण्ड र श्राद्ध भन्दा बृद्ध र अशक्त अवस्थामा सेवा गर्नु नै वास्तविक पुन्य हुने बताए । राजनितीक अगुवा समेत रहेका नेता बसन्तले समाज निर्माणमा पाकापुस्ताहरुको महत्वपुर्ण भुमिका हुने भन्दै पाकाहरुका अनुभव र शिक्षा लिँदै असल समाज निर्माणमा युवाहरु जुट्नुपर्ने उल्लेख गरे । अग्रजहरुको सम्मान नगर्ने समाज अधोगतिर जाने भन्दै उनले अग्रजहरुका तेस्ता अनुकरणीय कामहरु हुन्छन जुन भविश्यका पुस्ताहरुले समेत मार्गदर्शन लिन सक्छन तेसैले अग्रजहरुको सम्मानबाट नै असल समाज बन्ने बताए ।
टोल बिकास संस्थाका तारा बहादुर कुँवरको अध्यक्षता, मिना पाण्डेको संचालन, र नारायण पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरुका तर्फबाट समाजसेवी ८३ वर्षीय डम्बर बहादुर श्रेष्ठ, हरिदेवि श्रेष्ठ, टोल बिकास संस्थाका सल्लाहकार मोहन पाण्डे लगायतले बोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation