
राष्ट्रिय जनमाेर्चा बागलुङले “ गणतन्त्र र राष्ट्रियता काे रक्षा गराैं !संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलन (०८१ चैत्र २४-३०) सफल पाराै ´´ भन्ने उदघाेष सहित २०८१ माघ ५ गते गलकाेट हटिया बजारमा सभा सम्पन्न गरेको छ । सभालाई कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले संबाेधन गर्नु भएको थियोे । प्रमुख अतिथि अध्यक्ष केसीले नेपाली जनताले धान्न नसक्ने संघीयताले मुलुक अस्त ब्यस्त भएको, व्यापार घाटा २५ खर्व भन्दा बढेर गएकोले असफल मुलुक बन्ने खतरा रहेको बताउनु भयाे । एउटा सरकार चलाउन गार्हो भएको बेला ८/८ वटा सरकार चलाउन नसक्ने बताउदै बिदेशीले बाेकाईदिएकाे संघीयताकाे भारी अब मुलुकले धान्न नसक्ने भएकोले संघीयता खारेजीकाे बिकल्प नरहेको बताउनु भयो । संबाेधनकाे क्रममा भन्नू भयो भ्रष्टाचार यसरी बढ्नुमा ठुला राजनैतिक पाटीका नेताहरु नै हात रहेको बताउदै नेपाली नागरिक लाई भुटानी बनाएर बिक्री गर्ने, सहकारी ठगी, सुन काण्ड, सरकारी जग्गा आफ्नो नाममा पास गर्ने जस्ता घृणित कार्य सरकार सञ्चालक बाट भएकोले राजनीति बदनाम भएको बताउनु भयाे । युवाहरु बिदेश पलायन भएको प्रसंगमा भन्नू भयो राज्यले आशा जगाउन नसक्नु, शिक्षा स्वास्थ्य जस्तो नागरिककाे प्रत्यक्ष सराेकारका बिषय नीजीकरण गर्नु, कलकारखाना काैडिकाे भाउमा नीजीकरण गरि राेजगारी बाट बञ्चित गर्नुले झन बढेको बताउदै संघीयता खारेजीका लागि राष्ट्रिय जनमाेर्चाले आव्हान गरेकोे संघीयता खारेजीको लागि काठमाडौ केन्द्रीत आन्दोलनलाई सफल पार्न आव्हान गर्नु भयो । सभामा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा, अखिल नेपाल बुद्धिजीवी संघका काजीगाँउले श्रेष्ठ लगायतका अतिथिले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रीय सदस्य गाैरिश्वर पाण्डे , राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदसहरु, जनबर्गिय संगठन केन्द्र तथा जिल्ला स्तरीय नेता तथा पालिका स्तरीय अतिथिहरुकाे आतित्थ्यता रहेको थियाे । कार्यक्रम राष्ट्रिय जनमाेर्चा गलकाेट नगर अध्यक्ष तथा जिल्ला सल्लाहकार टंक केसीकाे अध्यक्षता, जिल्ला सचिव भिमलाल पाेखरेलकाे सञ्चालन र जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे भने कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारकाे प्रस्तुती रहेको थियोे ।