
माघ ,१८,दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले नेपाल को संघीयता नेपालीको नभएको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा लमही नगर समिति द्वारा संघीयताले उत्पन्न संकट र त्यसका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको प्रश्न विषयक अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाले अगाडी जोड दिनु भयो नेपालमा संघीयताको माग कहिलै उठेको थिएन । बिदेशीहरु नेपाली सदभाब र राष्ट्रियतालाइ कमजोर बनाउन संविधान बन्ने बेलाको मौका छोपेर घुसाइदेको हो । केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता नेपाली जनताको चाहाना हैन शक्ति राष्ट्रहरुको स्वार्थले स्थापना भएको हो । काङ्ग्रेस , एमाले , माओवादीलाइ संघीयता ठिक छैन भन्ने लागि सकेको तर त्यो उनिहरुको कारण नभएर अर्कैको कारण आएको हुदा उनिहरुलाइ पनि खारेज गर्न गारो हुने हुदा जनताको आन्दोलनले मात्र संघीयता खारेज गर्न सकिने कुरा बताउनु भयो । कार्यक्रमको विषय प्रवेश तथा अबधारणा राख्दै जिल्ला सचिब बसन्त पौडेल ले भारती साम्राज्यवादको नेपालमा क्षेत्रीय बिग्रह पैदा गरेर नेपाललाइ खण्डित गर्ने र पहिलो चरणमा तराईलाइ भारतमा मिलाउने र अन्तिममा नेपाल लाइ नै भारतमा गाभ्ने उदेश्य हो भन्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य नारायण योगीले संघीयता नेपालको लागि ठिक छैन यसको खारेज गर्न जरुरी छ । हाम्रो पार्टीमा पनि यो विषयमा आफ्नो बिचार राख्न पाउने सहमति भएको हुनाले संघीयता बिरोधि राजधानी केन्दित आन्दोलन सफल पार्न हामिले पनि सहयोग गर्ने छौ भन्नु भयो ।
नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघका का जिल्ला अध्यक्ष रुमाल प्रसाद बेसेल , लमही खानेपानी तथा उपभोक्ता सस्थाका सचिब बसन्त आचार्य लगायतले मन्तव्य राख्नु भएको थियोे । नगर उपाध्यक्ष बासुदेब भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सदस्य लेखराज आचार्यले गर्नु भएको थियोे ।