प्रेमिका भेट्न गएका युवकको हत्या

काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएको छ ।

सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने बताएका छन्

गम्भीर घाइते अवस्थामा भेटिएका दिनेशलाई बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले बताए। हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ ।

भोटेकोशी १ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation