सामाजिक सञ्जाल विधेयक हुबहु पारित नगर्न बक्ताहरुको जोड

बुटवल ।  मानवअधिकार तथा शान्ति समाजले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित  नगर्न  बक्ताहरुले जोड  दिएकाछन ,हुबहु पारित गरिए आन्दोलन गर्ने चेतावनी समेत बक्ताहरुले  दिएका थिए । उक्त विधेयक सरकारले राष्ट्रियसभामा पेस गरेको छ।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा सहभागीहरूले यस्तो चेतावनी दिएका हुन्। उनीहरूले विधेयकले नागरिकको अभिव्यक्तिलाई नियन्त्रण गर्न खोजेको बताए।

समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले विधेयक हुबहु पारित गरिए समाज आन्दोलनमा जाने बताए। उनले विधेयकले संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताए।

सामाजिक सञ्जालको आवश्यकता, महत्त्व र उपयोगिता चुलिँदै गएको अवस्थामा निरुत्साहित तुल्याउने गरी नियमनका नाममा नागरिकको मुख थुन्ने प्रावधान संशोधन हुनुपर्ने भनाइ खनालको छ। सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र सुरक्षित गर्न नियमन गर्नुपर्नेमा अन्तर्राष्ट्रिय मानवअधिकार एवम् मानवीय कानुनको प्रतिकूल हुने गरी प्रावधान राखिएकाले त्यो मान्य नहुने बताए।

मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले समाजिक संजाल बिधयेक सम्बन्धि शान्ति समाजको अबधारणा पत्र प्रस्तुत गर्दै नियमनको भाषामा वाक स्वतन्त्रता बन्द हुने गरि बिधेयक आएकोले अविलम्ब फिर्ता गर्न आग्रह गरे।

कार्यक्रममा कांग्रेसका नेता युवराज गिरी, अर्का नेता हरि अर्यालले बिधेयक सकारात्मक भएपनि परिमार्जन गरेर पारित गरिनुपर्ने बताए , नेकपाका नेता शरद वलीले विधेयक सरकारले मुख थुन्ने आसायका साथ लिएको बताए , नेकपा माओवादी केन्द्रका नेता महेन्द्र भुसालले उक्त बिधेयकले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने भन्दै खारेज गर्न तर्क सहित सुझाव दिए। नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर वासीले विधेयक मा सत्तापक्षले एकथरिले समर्थन र अर्को थरिले बिरोध गरेको जस्तो गरि जनताहरुलाइ छल्ने काम गरेको बताए।

उक्त  कार्यक्रममा राससका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईंले परिमार्जन गरेर बिधेयक पातित गर्न सुझाव दिए।नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बिधेयकमा अधिकांस बुंदा सकारात्मक रहेकोले पारित गर्दा बेथिति रोकिने बताए ।, त्यसै गरि अभियन्ता देवराज पोख्रेल, ऋषि आजाद, पत्रकारहरू विश्वास ढकाल, विष्णु भुसाल, टीआर शर्मा, कृष्ण खनाल, स्यामलाल, पोख्रेल बिनिद परियार,सागर भुसाल ,  ,शंकर प्रसाद पोख्रेल लगायतले  विधेयक आमनागरिकको मुख थुन्ने नियतका साथ आएको बताए।

उनीहरूले विधेयकलाई सरोकारवालाहरूसँग व्यापक छलफलपछि मात्रै पारित गर्न सुझाव दिए। विधेयकबारे सरकारलाई ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको जिल्ला अध्यक्ष अर्जुन ज्ञवालीले बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation