लुटपाटको आरोपमा २ नेपाल प्रहरीका जवान र एक सशस्त्र प्रहरीका जवान पक्राउ

लुटपाटको आरोपमा २ नेपाल प्रहरीका जवान र एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । क्रिप्टो कारोबारीको पैसा लुटपाटमा संलग्न भएको आरोपमा ती तीन प्रहरी पक्राउ परेका हुन् ।

क्रिप्टो कारोबारी रोशन गुरुङलाई लुटपाट गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेंशी घर भएका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका राजेन्द्र कुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीका दुई जना प्रहरी वृत्त वानेश्वरमा कार्यरत थिए । उनीहरु सादा पोशाकमा खटिएँदै आएका थिए । त्यस्तै, सशस्त्र प्रहरीका हवल्दार केसी पनि सादा पोशाकमै खटिँदै आएको जनाइएको छ । उनी सशस्त्र प्रहरीको सिनामंगल गणमा कार्यरत थिए ।

क्रिप्टो कारोबार गर्ने गुरुङसँग उनीहरुले सुरुमा डिल गरेको र पछि लुटेर भागेको अनुसन्धानमा खुलेको

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation