कुन जनावर कति सुत्छन्, थाहा पाइराख्नुस्

काठमाडौं, २२ फागुन — एउटा वयस्क मानिसले पर्याप्त निद्राका लागि आठ घण्टा सुत्नैपर्छ । तर जनावरहरू चाहिँ कति सुते भने निद्रा पु–याउँछन् त ? थाहा पाइराखौं न त, कुन जनावरलाई कति निद्रा आवश्यक हुन्छ ।

चमेरो
चमेरो दिनको १९.९ घन्टा सुत्छन् ।

अजिंगर
अजिंगर यसैपनि सुस्त प्रजातिको प्राणी हो र यो प्रतिदिन १८ घण्टा सुत्छ ।

बाघ
बाघ दिनको १६ घण्टा सुत्छ ।

लोखर्के
चञ्चल स्वभाव भएको लोखर्के पनि दिनको करीब १४.९ घण्टा सुत्छ ।

सिंह
जंगलको राजा सिंह दिनको लगभग १३.५ घण्टा सुत्छ ।

मुसा
फुर्तिलो मुसो पनि दिनको १२.६ घन्टा सुत्छ ।

बिरालो
बिरालो लगभग १२.६ घण्टा निदाउँछ ।

खरायो
खरायो लगभग ११.४ घन्टा सुत्छ ।

चितुवा
चितुवा दिनको १०.८ घण्टा सुत्छ ।

कुकुर
कुकुर कम सुत्छ जस्तो लाग्छ हामीलाई तर यो पनि दिनदिनै १०.६ घण्टा सुत्छ ।

चिम्पाञ्जी
चिम्पाञ्जी लगभग ९.७ घण्टा सुत्छ ।

सुंगुर
सुंगुर लगभग ७.८ घण्टा सुत्छ ।

बाख्रो
बाख्रो लगभग ५.३ घण्टा सुत्छ ।

गाई
गाईलाई दिनको ३.९ घण्टा सुते पुग्छ ।

घोडा
घोडा दिनको २.९ घण्टा सुतेर काम चलाउँछ ।

हात्ती
सबभन्दा कम सुत्ने जनावर हात्ती हो । यो दिनको दुई घण्टा मात्र सुत्छ ।

एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation