
राष्ट्रिय जनमोर्चा दाङ्ले आगामी चैत्र २४ देखि राजधानी केन्द्रित सताब्यापी आन्दोलनको पुर्ब तयारी र प्रचार प्रसारको सिल सिलामा मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा भएको प्रदर्शन गढबा १ कालाकाटेबाट सुरु भइ भालुबाङ , सिसहनिया , लमही , गढबा बजार हुदै महदेबामा पुगेर समापन भएको थियोे । भालुबाङ, लमहि र गढबाको कोणसभामा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष आचार्य , कालाकाटेमा जिल्ला सचिब बसन्तराज शर्मा पौडेलले , सिसहनियामा अखिल नेपाल जनजाति सम्मेलन जिल्ला अध्यक्ष रमेशमान गुरुङ , अखिल नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष माधब आचार्य , गढबामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दिनमणि आचार्य , महदेबामा जिल्ला सदस्य नबराज शर्मा ले मन्तव्य राख्नु भएको थियोे । कालाकाटेको कार्यक्रम जिल्ला सदस्य टुकमान कुवर , भालुबाङको कार्यक्रम जिल्ला सदस्य हरी थापा , लमहीको जिल्ला सदस्य गिरबहादुर पौडेल , गढबाको अखिल नेपाल युबक संघ जिल्ला उपाध्यक्ष लेखराज आचार्य र महदेबाको राजमो गधबा १ का अध्यक्ष भरत पौडेलले सन्चालन गर्नु भएको थियोे ।