सर्बियामा सरकारविरुद्ध विशाल प्रदर्शन

सर्बियामा सरकारविरुद्ध विशाल प्रदर्शन भएको छ।

बीबीसीका अनुसार सर्बियाको राजधानी बेलग्रेडको सडकमा शनिबार सरकारको विरोधमा ठूलो संख्यामा मानिसहरू भेला भएका हुन्।

सरकारले शनिबारको विरोध प्रदर्शनमा १ लाख ७ हजारभन्दा केही बढी नागरिक मात्र सहभागी भएको दाबी गरे पनि स्वतन्त्र अनुगमनकर्ताहरूले कम्तीमा ३ लाख २५ हजार मानिस सडकमा भेला भएको बताएका छन्।

यसलाई सर्बियामा अहिलेसम्मकै सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ।

गत नोभेम्बरमा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रहेको रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएको थियो।

यसरी भत्किनुको कारण रेलवे स्टेसन निर्माणमा व्यापक भ्रष्टाचार र गुणस्तरहीन काम भएको भन्दै सर्बियाका नागरिक सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

यसैबीच सर्बियाका राष्ट्रपति अलेक्सान्डर वुसिकले शनिबार राष्ट्रलाई सम्बोधन गर्दै प्रहरीको प्रशंसा गरे।

उनले भने, ‘मलाई गर्व छ- हामीले शान्ति कायम राख्यौँ।’

साथै उनले प्रदर्शनकारीहरूको सन्देश आफूले बुझेको र हामीले आफूलाई परिवर्तन गर्नुपर्छ भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation