
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं. ६ काप्रेमा गाईलाई ढुंगाले हानेर खोलामा धकलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले कदम चालेको हो । प्रशासनले घटनामा संलग्न व्यक्तिहरूसहित वडाध्यक्षलाई सदरमुकाम झिकाउन निर्देशन दिएको छ ।
स्थानीय एक व्यक्तिको मृत्युपछि गौदान दिने परम्परा अनुसार गाईलाई ढुंगाले हानेर खोलामा धकेलिएको बुझिएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो घटनालाई हृदयविदारक बताउँदै निरीह प्राणीको बाँच्न पाउने अधिकारको हनन् भएको उल्लेख गर्नुभयो। तर, अहिले गाई गाउँमै फर्किएको छ र सुरक्षित रहेको बताईएको छ ।