
काठमाडौंमा संचालन भएको ६५ केजि समुहको धर्मश्री प्रतियोगितामा दाङका माधब सुवेदीले नेपालकै उत्कृष्ट प्रर्दर्शन,गर्दै गोल्ड मेडल जित्न सफल भएकाछन।
काठमाडौं प्रज्ञा भवन, कमलादीमा आयोजित १७ औँ धर्मश्री प्रतियोगिताको सहभागी भर्का राप्ती गाउँपालिका-१, पाखापानी मिस्का फिटनेस क्लबका सञ्चालक माधव सुवेदी ६५ केजी तौल समूहमा गोल्ड मेडल जित्न सफल भएका हुन।
उनले लुम्बिनी प्रदेशकै प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका हुन्। यस उपलब्धिसँगै उनले सिंगो प्रदेशलाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन।