प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका समकक्षी पे थोङ् थान् शिनावात्रालाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले बुधबार भेटवार्ता गर्दै थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डका समकक्षी शिनावात्राले चाँडै नेपाल भ्रमण गर्ने विश्वास गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation