
नेपालको राष्ट्रिय क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित टी२० आई प्रतियोगिताको दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो।
नेपाल आगामी वर्ष हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुने अभियानमा छ। त्यसको लागि टोलीले यसै वर्षको अक्टोबरमा हुने एशिया र ईस्ट एशिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्दै छ।
स्रोत बिबिसी नेपाली ।