जनमोर्चा दाङले जनआन्दोलनका नेतृत्व लाइ एकै मंचमा ल्याउने

राष्ट्रिय जनमोर्चा दाङले २०६२ / ०६३ को जनआन्दोलन वा गणतन्त्र प्राप्तिको आन्दोलनको दाङ जिल्लामा नेतृत्व गर्ने नेताहरुलाइ एकै मंचमा ल्याउने भएको छ । अहिले गणतन्त्र विरुद्ध आबाज उठिरहेको बेला गणतन्त्र प्राप्तिको आन्दोलनका नेतृत्वको बिचार बुझ्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको योजना अनुसार बैशाख २० देखि हुन लागेको प्रतिगमनका विरुद्ध र गणतन्त्रको रक्षा को लागि हुने कार्यक्रम अंतरगत बैशाख २७ गते घोराहीमा “बर्तमान राजनीतिक अवस्था र गणतन्त्र रक्षाको प्रस्न ” विषयक अंतरकृयामा त्योबेला आन्दोलनको नेतृत्व गर्ने तात्कालिन राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष भरत भण्डारी , नेपाली काङ्ग्रेस जिल्ला सभापति बिर्केस्वरी गौतम र नेकपा ( एमाले ) जिल्ला सचिब रेबतिरबण शर्मा का साथै गणतन्त्र पक्षधर अन्य पार्टी नेता र बौद्धिक बर्गलाइ पनि उपस्थित गराइने भएको छ । त्यसका साथै स्थानीय स्तरमा लमहीमा बैशाख २१ गते , गढबामा २२ गते , राप्ती २३ गते , बङ्गलाचुलीमा २४ गते , तुलसीपुरमा २५ गते , दङ्गिसरण , सान्तिनगर र बबईमा २६ गते र राजपुरमा २८ गते प्रतिगनमा विरुद्ध सभाका कार्यक्रम निश्चित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation