
रमा पन्थी ,रुपन्देही ,भैरहवा
सिद्धार्थनगर नगरपालिका आर्थिक वर्ष २०८१ /८२ को संख्यात्मक विवरण अनुसार एस पालिकाको छेत्रफल ३६।०३ प्रतिसत छ । प्रमुख जातजातिहरुमा ब्राह्मण,क्षेत्री, मुस्लिम, मधेसी, मगर, गुरुङ,नेवार आदि छ्न। येहा मानिने धर्महरूस् हिन्दू,मुस्लिम, बौद्ध छन ।
यो तालिकामा १३ वटा वडाहरूको जनसंख्या विवरण दिइएको छ। यसपालिकामा रहेका प्रत्येक वडाको महिला र पुरुषको संख्या प्रस्तुत गरिएको छ।
वडा नं। १ – पुरुष, ३८५५, महिला ,३८४१ ,वडा नं। २ – पुरुष, १८४७, महिला ,१८८५ ,वडा नं। ३ – पुरुष, ४६३०, महिला, ४६७७,वडा नं। ४ – पुरुष ,२७०३, महिला ,२६२७ ,वडा नं। ५ – पुरुष ,४५२, महिला ३७७ ,वडा नं। ६ – पुरुष ५६९५, महिला, ५४५२ ,वडा नं। ७ – पुरुष, १७९२, महिला, १८३४ ,वडा नं। ८ – पुरुष, ५२९५, महिला, ५२७७ , वडा नं। ९ – पुरुष ,४१०२, महिला, ४२६८ ,वडा नं। १० – पुरुष, १४११, महिला , १३७४ ,वडा नं। ११ – पुरुष १६८८, महिला ,१५३८ ,वडा नं। १२ – पुरुष, २०५२, महिला, २१७१ , ,वडा नं। १३ – पुरुष, १७२७, महिला, १८६६ ।
नगरपालिकामा ६८ बर्ष माथिका जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने २८३० जनाको विबरण नवीकरण गरिएको थियो । चौथो त्रयमासिक सम्म आउँदा त्यसमा १४५० पुरुष र १५८५ महिला छ्न । तीमध्ये ६० बर्ष माथिका भत्ता पाउने दलित जेष्ठ नागरिक २०४ जना मध्ये चौथो त्रयमासिक सम्म आउँदा १२० पुरुष र११९ महिला रहेका छ्न र ६० बर्ष माथिका एकल महिला जेष्ठ नागरिक ४२३ जना रहेका छन्। त्यसमा वडा नम्बर ९ मा अन्य जेष्ठ नागरिक भत्ता ३५८ त्यस्मा बार्सिक कायम संख्या पुरुस १८४ र महिला २०२ जम्मा ३८४ छ्न । जेष्ठ नागरिक भत्ता दलित १० हाल हेर्दा पुरुष ८ महिला ७ जम्मा १५ पुगेका छ्न जेष्ठ नागरिक एकल महिला ४५ बार्सिक कायम गरिएको संख्या पुरुष ० महिला ४८ र जम्मा ४८रहेको छ।
वडामा जेष्ठ नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा
— वडा नं। ९ का अहेव मञ्जु सिग्देलका अनुसार स्वास्थ्य सेवा केन्द्र वडा नं। ९ ले माग र फागुन महिनामा ७५ वर्ष माथिका जेष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गरेको थियो। सो कार्यक्रम सफल रूपमा सम्पन्न भएको थियो। शिविरमा निम्न सेवाहरू उपलब्ध गराइएको थियोस् साधारण स्वास्थ्य परीक्षण निःशुल्क औषधि वितरण सामान्य प्रयोगशालाका सेवा ९जाँच० स्वास्थ्य परामर्श हाडजोर्नी जाँच रक्तचाप तथा मधुमेह ९शुगर० परीक्षण कार्यक्रममा सहभागीहरूको विवरणस् ८० वर्ष माथिका — ५२ जना ७५–८० वर्ष उमेर समूह — ७० जना वडा नं। ९ ले आवश्यक परेमा वैदेशिक रोजगारमा गएका व्यक्तिका कारण वडामा रहेका शारीरिक तथा मानसिक पीडामा पहेका व्यक्तिहरूलाई औषधि उपलब्ध गराउने वा नगरपालिकाबाट काउन्सिलर बोलाई परामर्श (काउन्सिलिङ)सेवा प्रदान गर्ने गर्दछ।
वडामा जेष्ठ नागरिकका लागि झुल वितरण गर्ने, वार्षिक रूपमा सम्मान गर्ने तथा भत्ता वितरण गर्ने गरिएको वडाले जनाएको छ।
वडा नम्बर ९ ले जेष्ठ नागरिकका लागि झुल वितरण गर्ने, वार्षिक रूपमा सम्मान गर्ने तथा भत्ता वितरण गर्ने गरिएको वडाले जनाएको छ। जेष्ठ नागरिकले सरकारबाट के–कस्ता सुविधा पाएका छन्, कि छैनन्, के आवश्यकताहरू छन् भन्ने सन्दर्भमा जेष्ठ नागरिकका केही प्रतिनिधि पात्रसँग गरिएको कुराकानी प्रस्तुत छ।
मेरो रोजाईमा परेको वडा नम्बर ९ मा जेष्ठ नागरिकको अबस्था के कस्तो छरु भनेर बुज्ने क्रममा जेष्ठ नागरिकले सरकारबाट के–कस्ता सुविधा लिएका छन्, तरु लिएका छन् कि छैनन्,रु के कस्तो आवश्यकताहरू छन् रु भन्ने सन्दर्भमा जेष्ठ नागरिकका केही प्रतिनिधि पात्रसँग गरिएको कुराकानी प्रस्तुत छ।
जेष्ठ नागरिक उमानन्द चुदाली
७५ वर्षीय उमानन्द चुदाली र उनकी जीवनसंगिनी सावित्रा चुदालीको जीवन अब उमेरसँगै थलिएको छ। पहिले खेतबारी जोतेर जीवन चलाउने उनीहरू अब आफ्नै खुट्टामा उभिन सक्दैनन्। सरकारको वृद्धभत्ता बाहेक उनीहरूका लागि अर्को विकल्प छैन। “सरकारले घरमै ल्याएर दिन सक्ने व्यवस्था गरिदिएको भए अझ राम्रो हुन्थ्यो,” उमानन्द भन्छन्, “बैंकमा जानु भनेको त वृद्धहरूको लागि तनावकै कारण हो।”
७१ वर्षीया दीपा शर्मायस्तै अर्को पात्र हुन्, ७१ वर्षीया दीपा शर्मा ९ नाम परिवर्गन०। छ जना सन्तानकी आमा भए पनि अहिले जीवनको यो मोडमा उनी एक्लै छिन्। “अब त वृद्धभत्ताले नै बाँचेकी छु,” उनी भन्छिन्, “छोरा–छोरी त पराइझैँ भए।” परिवर्तित नामकी दीपा मधेसी महिला हुन्। ‘छोराले भत्ता बुझेको थाहा पाए माग्न आउँछन्। बिरामी हुँदा फर्केर हेरदैनन् । ज्वरो आएर झन्डै म मरेँ, मलाई छिमेकीले बचाए। भत्ता नभएको भए पहिले नै म मर्थे होला। मेरो फोटो नराखिदिनु होला,’ उनले डर मिश्रित आवाजमा भनिन्।
जेष्ठ नागरिक इन्दिरा पन्थी
इन्दिरा पन्थी ७८ वर्षकी एक जेष्ठ नागरिक हुन्। श्रीमानको निधन भएको करिब सत्र वर्ष भइसकेको छ । त्यसयता उनी एकल महिलाको रूपमा जीवन यापन गर्दै आएकी छन्। हाल उनी आफ्नो छोरा, बुहारी र दुई वर्षे सानो नातिसँगै बसिरहेकी छन्। त्यो नाति उनको जीवनको केन्द्र बनेको छ। उनी भन्छिन्, । नाति नहुँदो हो त म बस्नै सक्दिनथें। नातिसँगको माया गहिरो र आत्मीय छ—दिनभर उनलाई हेर्नु, बोल्नु, खेलाउनु र माया गर्नुमा उनी रमाउँछिन्। नातिको उपस्थितिले उनको जीवनमा आनन्द, ऊर्जाशक्ति र आशा थपेको छ। उनको दैनिकी शान्त र सन्तुलित छ। कहिलेकाहीँ उनी आफ्ना साथीहरू तथा छोराछोरीहरूसँग भिडियो कलमा कुरा गर्छिन्। खाली समयमा टेलिभिजन हेर्नु, भजन गुनगुनाउनु र भक्ति भावमा डुब्नु उनको रोजाइका कामहरू हुन्। विगतका सम्झनाहरू मनभित्र बोकेर, इन्दिरा पन्थी अहिलेको जीवनलाई आत्मसन्तोष, माया र शान्तिपूर्वक बिताइरहेकी छन्। धेरै सन्तानकी आमा इन्दिरा पन्थीलाई थोरै होस् या धेरै, सबैले केही न केही दिन्छन्। तर सरकारले दिएको भत्ता भने नियमित र भएकाले उनलाई आफ्नै जस्तो प्यारो लाग्छ।
कुमार हरिजन
६९ वर्षका कुमार हरिजन २ छोरा र १ छोरीका पिता हुन्। उनले हाल तीन महिनामा ८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन्। बिमा सम्बन्धी सुविधा कसरी उपभोग गर्ने भन्ने जानकारी नभएको उनले बताए ।