मजदुरहरुले नै संसार लाइ सुन्दर पारेका हुन – आचार्य

राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मजदुरहरुको श्रम पसिनाले संसारलाइ सुन्दर बनाएको बताउनु भयो । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिबसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाले उक्त कुरा गर्नु भएको हो । उहाले कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलन अंतरसम्बन्धि भएकोले कम्युनिस्ट पार्टीहरु नै मजदुर आन्दोलनको नेतृत्व गर्ने कुरा बताउनु भयो । सहिद मित्रमणिको बारेमा चर्चा गर्दै उनले देखाएको बाटो लाइ नेपाली बिद्यार्थी आन्दोलनले पछ्याउनु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन पुर्ब केन्द्रिय सदस्य रामबहादुर घर्ती , अखिल नेपाल किसान महासंघ जिल्ला सचिब मनिराम खनाल , अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे , अखिल ( छैठौं ) जिल्ला अध्यक्ष सेबक भट्टराई , जातीय समता समाज जिल्ला अध्यक्ष सुर्यलाल नेपाली , अखिल नेपाल युबक संघ लुम्बिनी प्रदेश सदस्य दिपक के सि , जिल्ला सदस्य हेमा पोख्रेल , अखिल नेपाल जनजाती सम्मेलन जिल्ला सदस्य सेरबहादुर पुन , अखिल नेपाल महिला संघ नगर सदस्य देबा पाण्डे , रक्तिम सास्कृतिक अभियान घोराही नगर अध्यक्ष उत्सब पुन , अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघ घोराही नगर उपाध्यक्ष आसाकिरन पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सहसचिब कृष्णा राना , जिल्ला सदस्य मेघराज भट्टराई र जातीय समता समाज जिल्ला सह सचिब पोषण नेपालीको पनि आतिथ्यता रहेको थियोे । अखिल ( छैठौं ) दाङ जिल्ला समिति र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक घोराही नगर समितिको आयोजनामा भएको कार्यक्रम को अध्यक्षता नगर उपाध्यक्ष सुसिला नेपाली को थियोे भने सन्चालन सचिब बालाराम अधिकारी ले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation