युवा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा सम्मान

 

काठमाडौं, बलम्बु – सामाजिक रूपान्तरणमा निरन्तर अग्रसर रहँदै आएका युवा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुले विशेष सम्मान गर्ने भएको छ।

“समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत दानीको अमूल्य सहयोगको कदरस्वरूप २०८२ साल बैशाख २० गते बिहान ८ बजे प्रहरी प्रभाग बलम्बुमा सम्मान कार्यक्रम आयोजना गरिएको हो।

यसअघि दानीलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालद्वारा समेत सम्मानित गरिएको थियो। समाजसेवामा सक्रिय भूमिका निभाउँदै आएका दानीले शिक्षा, स्वास्थ्य, सरसफाइ र युवा सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

स्थानीय स्तरमा सामाजिक चेतना अभिवृद्धि गर्ने कार्यमा दानीको समर्पणलाई प्रहरी प्रशासनले प्रशंसायोग्य ठहर गर्दै सम्मान गर्न लागेको हो।
दानी विगत लामाे समय देखि सञ्चार क्षेत्रमा कृयाशिल छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation