अखिल छैठौंको आयोजनमा मित्रमणि आचार्यको ४० औं स्मृति दिवश सम्पन्न

अनेरास्ववियु(छैठौं) केन्द्रिय कार्यलयको आयोजनामा विद्यार्थी शहिद तथा कम्युनिस्ट नेता मित्रमणि आचार्यको ४० औं स्मृति दिवश सम्पन्न भएको छ।

अनेरास्ववियु(छैठौं) केन्द्रिय कार्यलय बागबजारमा आयोजित स्मृति कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु (छैठौं) का केन्द्रीय महासचिव पुरन पोख्रेल विशेष अतिथी अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय अध्यक्ष निम ब बुढाथोकी युनियन कि केन्द्रिय कोषाध्यक्ष समस्ती बुढा हुनुहुन्थ्यो । कार्यक्रमको संचालन युनियनका केन्द्रिय सदस्य मदन भुसालले गर्नुभएको थियो।
का. मित्रमणी आचार्यको फोटोमा युनियनका केन्द्रिय महासचिव पुरन पोख्रेलले दिप प्रज्वलन गरि माल्यार्पण गर्नुभएको थियो। उपस्थित विशेष अतिथि , अतिथी र युनियनका केन्द्रिय सदस्य ज्युहरु उपस्थित साथीहरूबाट अबिर र फुल अर्पण गरि उहाँप्रती श्रद्धा सम्मान ब्याक्त गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथी निम ब बुढाथोकीले का. मित्रमणीको योगदानको चर्चा गर्नुभएको थियो।
स्मृति विशेषमा बोल्दै युनियनका केन्द्रिय महासचिव पोख्रेलले उहाँ जिबनी र आन्दोलनका बारे प्रकाश पार्दै नेपालको कम्युनिस्ट आन्दोलनमा साथै नेपालको विद्यार्थी आन्दोलनमा उहाँको आजपनी उत्तिकै महत्त्व रहेको साथै अनेरास्ववियु(छैठौं) का. मित्रमणीले लिनुभएको बिचार , अनुशासन , नेपालको शिक्षा प्रणाली , राजनैतिक सामाजिक आन्दोलन र उहाँको आदर्श ब्याक्तित्वको अनुसरण गर्ने बताउदै कम्युनिस्ट नाममा अखिल झण्डा भित्र मण्डले चरीत्र बोकेका संगठनहरुले शहिद हरुप्रती अपमान गरिरहेको बताउनु भयो।
विद्यार्थी सहिद मित्रमणि आचार्य को हुन्?

सहिद मित्रमणि आचार्य नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनका एक अमर योद्धा थिए, जसले जनतन्त्र, सामाजिक न्याय र शोषणविरोधी संघर्षमा आफ्नो जीवन समर्पण गरे।

प्रारम्भिक जीवन र शिक्षा

मित्रमणि आचार्यको जन्म वि.सं. २०१९ असार ११ गते प्युठान जिल्लाको रम्दी गाउँपालिका–२, तिघ्रामा भएको थियो। उनका बुबा रेशमराज आचार्य र आमा पिताम्बर देवी आचार्य थिए। प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा प्राप्त गरेपछि उनले २०३५ सालमा रातामाटा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि २०३६ सालमा भैरहवाको पक्लिहवा कृषि क्याम्पसमा कृषि विज्ञान विषयमा अध्ययन गर्न थाल्नुभयो। २०३९ सालमा चितवनको रामपुर कृषि क्याम्पसमा स्नातक तहको अध्ययनका लागि भर्ना हुनुभयो।

राजनीतिक क्रियाशीलता

विद्यार्थी जीवनदेखि नै मित्रमणि सामाजिक अन्याय र शोषणविरुद्ध सचेत थिए। पक्लिहवा क्याम्पसमा अध्ययन गर्दादेखि नै उनी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा सक्रिय भए। २०३८ सालमा अनेरास्ववियु रुपन्देही जिल्ला समितिको सचिव र क्याम्पस स्ववियु सभापति पदमा निर्वाचित भए। रामपुर क्याम्पसमा अध्ययन गर्दा पनि उनी अनेरास्ववियुका केन्द्रीय सदस्य र क्याम्पस स्ववियु सभापति पदमा निर्वाचित भए।

सहादत

वि.सं. २०४२ साल वैशाख १८ गते चितवनको मेघौलीमा राजनीतिक विवादका क्रममा नेपाली कांग्रेस निकट नेविसंघका कार्यकर्ताहरूले उनलाई भाला, छुरी र साइकलको चेन प्रयोग गरी निर्ममतापूर्वक आक्रमण गरे। गम्भीर घाइते भएका मित्रमणिको उपचारका क्रममा निधन भयो। उनको बलिदानलाई सम्झनाका लागि प्रत्येक वर्ष वैशाख १८ गते ‘मित्रमणि स्मृति दिवस’ मनाइन्छ। प्युठानको विजुवारमा उनको स्मृतिमा शहीद स्तम्भ पनि निर्माण गरिएको छ ।

स्मरण

मित्रमणि आचार्यको जीवन र बलिदानले नेपाली विद्यार्थी आन्दोलनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ। उनको निष्ठा, साहस र नेतृत्व क्षमताले आज पनि युवाहरूलाई प्रेरित गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation