
भारतको ओडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छिन् ।
बिहीबार साँझ नेपाली विद्यार्थी कलेजको होस्टलमै मृत फेला परेको त्यहीँ अध्ययनरत एक विद्यार्थीले बताए । छात्रा पर्साको वीरगन्ज निवासी भएको बताइएको छ । उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको नेपाली विद्यार्थीहरूको भनाइ छ ।
केही महिनाअघि बुटवलकी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा मृत्यु भएको थियो । उनले उक्त विश्वविद्यालयको होस्टलमा आत्महत्या गरेपछि विश्वविद्यालयबाट भएको व्यवहारको नेपाल र भारतमा समेत चर्को विरोध भएको थियो ।