सञ्चारकर्मी तथा समाजसवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

 

काठमाडौं, बैशाख २० – “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत समाज रूपान्तरणमा निरन्तर क्रियाशील युवा समाजसेवी तथा सञ्चारकर्मी श्री रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुले विशेष सम्मान प्रदान गरेको छ।

स्थानीय स्तरमा सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा युवा सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका दानीलाई प्रहरी प्रशासनले उच्च कदर गर्दै २०८२ साल बैशाख २० गते बिहान आयोजित विशेष कार्यक्रममा सम्मान गरेको हो।

सम्मानपत्र प्रदान गर्दै प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले दानीले समुदाय–प्रहरी साझेदारी अवधारणालाई मजबुत बनाउने दिशामा पुर्‍याएको सक्रियता, सहकार्य र योगदान अतुलनीय रहेको बताए।

श्री रोशन दानी विगत लामो समयदेखि पत्रकारितामार्फत सामाजिक मुद्दा उठाउँदै आएका छन्। उनी प्रगतिशिल पत्रकार संघ नेपाल, काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत हुन्। पनि उनलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालद्वारा सम्मानित गरिसकिएको छ।

कार्यक्रममा विभिन्न वडाध्यक्ष, समाजसेवी, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय समाचार समितिका बरिष्ठ सम्पादक विष्णु नेपाल, प्रेस चौतारी नेपाल एसोसिएसन प्रदेश अध्यक्ष श्रीहरी थापा, थानकोट टाइम्सका पत्रकार जिवन नेपाल, आवर न्युज क्रिउका पत्रकार ज्ञानेन्द्र महत,शाेनितपुर खबरका पत्रकार देवेन्द्र महत, साझेदारी डटकम सम्पादक पेशल खतिवडा लगायतलाई समानित भएका छन् ।

त्यस्तै कार्यक्रममा युवा व्यवसायी तथा समाज सेवी राम नारायण घिमिरे,यातायात विज्ञ तथा लेखक माधव अधिकारी,समाजसेवी देवेन्द्र प्रधानलाई समेत सम्मानित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation