जनमोर्चा द्वारा बिनामारेमा सुमित्रा गाैतम पाैडेलको श्रद्धाञ्जली सभा सम्पन्न

राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य गाेपाल पाैडेलकाे माईली बुहारी तथा जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य शिव पाैडेलकाे श्रीमती जैमिनी नगरपालिका वडा न ५ बिनामारे निवासी सुमित्रा गाैतम पाैडेलकाे३७ बर्षकाे उमेरमा २०८२ बैशाख ९ गते भएको दुखद निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मिति २०८२ बैशाख २० गते बाह्राै दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिव भिमलाल पाेखरेल, जिल्ला काेषाध्यक्ष दिपक थापा, सहसचिव शान्तकला शर्मा, सचिवालय सदस्य लक्ष्मी बास्काेटा, थानेश्वर सुवेदी , जिल्ला सदस्य दिल बहादुर श्रीस, ठाकुर शर्मा, नगर सदस्य नरिश्वर शर्मा, वडा समिति सदस्य हरि नायक क्षेत्री लगायतका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation