सत्ताधारी दलहरुका गद्दारीले प्रतिगामि बिचार उठेको हो : बोम बहादुर खत्री

दाङ,विश्व नेपाली संवाददाता
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री ले लोकतन्त्र स्थापना पछि सत्ताको नेतृत्व गर्ने दलहरुले जनता माथि गरेको गद्दारीका कारण प्रतिगामि बिचार उठेको हो । तर त्यो अबको युगबा सम्भब हुने कुरामा उहाले जोड दिनु भयो । सत्ताको नेतृत्व गर्ने दलहरु सुध्रिनु पर्ने , गणतन्त्र रक्षा गर्नु पर्ने र संघीयताको खारेज गरी स्थानीय तहलाइ अधिकार सप्पन्न गर्नु पर्ने कुरा बताउनु भयो ।
“गणतन्त्रको रक्षा गरौ , प्रतिगामी खतराका विरुद्ध संघर्ष गरौ भन्ने नाराका साथ पार्टीले संचालन गरेको कार्यक्रम अंतरगत लमहीमा भएको कार्यक्रम लाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । कार्यक्रमका अर्का बक्ता राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्रको साथमा चोर बाटोमा घुसाइएको संघीयताले गणतन्त्रको बदनाम गरेका कारण प्रतिगामी बिचार बढेको हुनाले संघीयता फालेर गणतन्त्रको रक्षा गर्नु पर्ने कुरा बताउनु भयो ।
लमही नगर उपाध्यक्ष बासुदेब भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय जनमोर्चा लमहि नगर इन्चार्ज ठाकुर भण्डारीले राख्नु भएको थियोे भने संचालन बसन्त आचार्यले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation