
प्युठान ,ठुलाबेसी
वर्तमान शाशकहरूकाे गलत क्रियाकलापकाे
कारण प्रतिगामी तत्वहरू सल्बलाइ रहेकाछन,हिजाेकाे त्याे निरंकुश राजतन्त्र नभाेगेकाहरूलाइ गणतन्त्र भन्दा त राजतन्त्र राम्राे थियोे हाेला?भनेर गरिएकाे आकलन स्वंयम् गणतन्त्रकाे लागि लामाे संघर्ष गरेकाहरूले याे छाेटाे अबधिमा गरेका भ्रष्ट र अनैतिक क्रियाकलापकाे परिणाम भएको बताउनुभयो । गणतन्त्रको बिकल्प निरंकुश राजतन्त्र कदापि हुन नसक्ने बताउदै प्यूठान कि पूर्व सांसद समेत रहनु भएको प्रबक्ता पाैडेलले गणतन्त्रवादीहरूले नै गणतन्त्रलाई बदनाम गरेकाे भन्दै राजतन्त्रको तुलनामा याे व्यवस्था प्रगतिशील भएको बताउनुभयो। हिजो पंचायती कालरात्रीकाे तिताे यथार्थ र अनुभव आफ्नाे पुस्ताले बेहाेर्नु परेकाे बताउदै नेता पाैडेलले त्याे कालरात्री फर्काउन खाेज्नेहरूलाइ नेपाली जनताले कहिल्यै स्विकार नगर्ने बताउनु भयाे। इतिहास पछाडि फर्काउने कुरा हमी कसैलाई पनि स्विकार्य छैन यस्ताे कु-चेष्टा नगर्न राजावादीहरूलाइ चुनाैती दिदै पाैडेलले याे व्यवस्था निर्विकल्प नभएनि यस्काे विकल्प पछाडि फर्कने नभएर अझै विकसित र उन्नत व्यवस्था जुन नयाँ जनवादी क्रान्ति पछि मात्रै सम्भव हुने बताउनुभयाे। जब सम्म त्याे आधार तैयार हुदैन तब सम्म गणतन्त्रकाे रक्षामा जाेडदिनु पर्ने पनि पाैडेल ले बताउनुभयो ।
राष्ट्रिय जनमाेर्चाले देशव्यापी रूपमा प्रतिगमन विरूद्द संघर्ष गराै, गणतन्त्रकाे रक्षा गराै भन्ने मुल नारा सहित चलाएकाे आन्दाेलन अन्तर्गत प्यूठानको ठूलावेशी बजारमा जुलुस प्रदर्शनपछि आयाेजित बिराेध सभामा बाेल्दै राजमाे उपाध्यक्ष तथा प्रबक्ता पाैडेलले वर्तमान शाशकहरूकाे गलत क्रियाकलापले राजावादीहरूले टाउको उठाउन खाेजेपनि उनीहरूकाे सपना साकार हुन नसक्ने बताउनुभयो । बिराेध सभालाई नेकपा(मसाल) लुम्बिनी प्रदेश प्रबक्ता का०तिलक जिसी,राष्ट्रिय जनमाेर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्याैपाने,अनेम संघ केन्द्रीय सचिव तारा जिसीले पनि सम्बाेधन गर्नु भएको थियोे । राजमाे गाैमुखीका अध्यक्ष जनक केसीकाे अध्यक्षता,सचिव कृष्ण जैसीकाे संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हुकुम बहादुर थापाले स्वागत गर्नुभएको थियोे ।