गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन – खत्री

दाङ,
गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा गढबा गाउपालिकाको आयोजनामा “गणतन्त्रको रक्षा गरौ , प्रतिगामी खतराका विरुद्धमा संघर्ष गरौ भन्ने नाराका साथ गढबा बजारमा भएको सभालाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । गणतन्त्र नेपाली जनताको त्याग र बलिदान बाट प्राप्त भएको र त्यो राजतन्त्र भन्दा गैयो गुणा जनपक्षिय भएको हुनाले कुनै समुहको सनकका आधारमा त्यसको अन्त्य नहुने कुरामा ढुक्क हुन जनतालाइ बिस्वस्त हुन अनुरोध गर्नु भयो । अर्को प्रसङ्गमा नेपाल जस्तो सानो देशमा संघीय प्रणाली सहि नहुने भएको हुनाले प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाइ बलियो बनाउनु पर्ने बताउनु भयो । त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले गणतन्त्र स्थापना पछी सरकारको नेतृत्व गर्ने दलहरु जनपक्षिय हुन नसक्दा प्रतिगामी बिचार अगाडि आएको बताउनु भयो । जनताले गणतन्त्र भन्दा राजतन्त्र सहि छ भनेर हैन गणतन्त्र पक्षधरको नेतृत्वमा सरकार हुदा पनि गणतन्त्र अनुभुती हुन नपाउदा प्रतिगामी बिचारले स्थान पाएको कुरा बताउनु भयो ।
गढबा गाउपालिका समिति अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिमा आचार्य , राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा गढबा गापा इन्चार्ज दिनमणि आचार्य ले मन्तव्य राख्नु भएको थियोे । पालिका उपाध्यक्ष नबराज शर्मा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पालिका सचिब टुकमान कुवरले गर्नु भएको थियोे । कार्यक्रममा अखिल नेपाल युबक संघ पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल , अखिल नेपाल किसान महासंघ पुर्ब केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य , अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य लालबहादुर भण्डारी , राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा , अखिल नेपाल महिला संघ पालिका अध्यक्ष उमा पन्थि लगायतको आतिथ्यता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation