प्युठानको झिमरुकमा राष्ट्रिय जनमोर्चाको जनचेतना मूलक सभा सम्पन्न

कमल पौडेल प्युठान ,

राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाको आयोजनामा जनचेतनामूलक सभा आज झिम्रुक गाउँपालिकाको मच्छीमा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा झिम्रु गाउँपालिकाका अध्यक्ष टिकाबहादुर जिसीको अध्यक्षतामा अघि बढेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलको प्रमुख अतिथ्यता रहेको थियो। उहाँले यो देशका स्वास्थ्य र शिक्षा जस्ता आधारभूत कुराहरु लाई पनि निजीकरण गर्दै राज्यको दायित्वबाट पन्छउँदै गएको हुँदा यो देशमा बेरोजगारको स्थिति पैदा भएको र युवा जति सबै विदेश पलाइन हुन बाध्य भएको बताउनुभयो साथै राज्य सञ्चालकहरूले राष्ट्रघाती भ्रष्टाचार अनियमितता बढाएको कारणले गर्दा प्रतिगमनका मतियार राजावादीहरूले टाउको उठाउँदै यो देशमा अराजकता फैलाएको हुनाले त्यसका विरुद्धमा लड्न सबै नेपालीहरूलाई एकजुट हुन अनुरोध समेत गर्नुभएको छ। त्यस्तै उक्त कार्यक्रममा राजमो लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाले नेपाललाई आवश्यकता नै नभएको सङ्घीयता ल्याएर नेपाललाई आर्थिक र भौतिक रूपमा समेत कमजोर बनाएको कुरा उल्लेख गर्नुभयो। उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ज्ञ्यामुराम न्यौपाने अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी राजमो केन्द्रीय सदस्य नारायण जिसी लगायतले आआफ्नो भनाई राख्नुभएको थियो। कार्यक्रमको बीचबीचमा रक्तिमका कलाकारहरूद्वारा जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमको स्वागत राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सीताराम पोखरेलले र सञ्चालन राजमो केन्द्रीय सल्लाहकार वासुदेव पोखरेलले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation