२०७ औं कार्ल मार्क्सको जयन्ती कार्यक्रम सम्पन्न

चेन्नई

कोटी प्रसाद पोख्रेल
मिति ०५/०५/२०२५
अन्तराष्ट्रिय एक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सको २०७औं जन्म जयन्ति कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रियका सदस्य केशमान नेपालीको प्रमुख अतिथि रहेको उक्त कार्यक्रम पश्चिम नगर समितिका उपाध्यक्ष प्रकाश नेपालीको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य तथा चेन्नई पश्चिम नगर सचिव किशोर शर्माको सञ्चालन। ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मनधारणा प्रस्ताव उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक बिभाग डिल बहादुर जि एमले शब्दबाट स्वागत गर्नुभएको थियो।प्रमुख अतिथि केशमा नेपालीले कार्ल मार्क्सको जीवनी बारे र कार्ल मार्क्सले उत्पादन गरेको वैज्ञानिक दृष्टिकोणलाई अपनाउँदै पुँजीवाद र मजदुर बीचको सम्बन्धबारे उहाँले गरेको विश्लेषणको समेत उल्लेख गर्नुभएको थियो। उक्त कार्यक्रममा कमला शर्मा,देवि नेपाली,कमला नेपाली लगायत वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation