बुटवलमा मोटरसाइकल दुर्घटना हुंदा , एकको मृत्युु

बुटवल , २३ बैशाख । बुटवलको कालिकापथ स्थित सडकको बिचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर दुर्घटना भई मृत्यु भएको टन्डनको शव भने आज फेला परेको हो ।

पोलमा ठोक्किएर मोटरसाइकल उछिटि्एटर झाडीमा पुगेको थियो । झाडीमा पुगेको टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation