
दाङ
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले आजको युगमा सामन्ती ब्यबस्था नचल्ने बताउनु भएको छ । उहाले भन्नु भयो आजको युग लोकतन्त्र र नागरिक सर्बोच्चताको युग हो त्यसैले कसैको परिबार र सन्तान भएको कारण नागरिकको नेतृत्व गर्न नसक्ने बताउनु भयो । ” गणतन्त्रको रक्षा गरौ , प्रतिगामी खतराका विरुद्धमा संघर्ष गरौ” भन्ने नाराका साथा राष्ट्रिय जनमोर्चा राप्ती गाउपालिका दाङ ले भालुबाङमा आयोजना गरेको सभालाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । यसैगरी नेकपा ( मसाल ) दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले राजतन्त्रको बाकि रहेको धिपधिप चैत्र १५ गते तिनकुने बाट निभेको कुरा बताउनु भयो । उहाले भन्नु पर्यो पुराना पन्चहरुले पुरानो स्वर्ग फिर्ता गर्ने सपना चैत्र १५ ले समाप्त गरिसक्यो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्र स्थापना पछि सरकारको नेतृत्व गर्ने दलहरुको भ्रष्ट र गैरजिम्मेवार प्रवृत्तिका कारण गणतन्त्र बिरोधि बिचार माथि उठेको कुरा बताउनु भयो ।
राप्ती गाउ पालिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब दलबहादुर घर्तीले गर्नु भएको थियोे भने स्वागत मन्तव्य पालिका कोषाध्यक्ष गिरबहादुर पौडेलले राख्नु भएको थियोे । उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ पुर्ब केन्द्रिय कोषाध्यक्ष प्रेम नारायण आचार्य , अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुङ , अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रिय सदस्य केसबराज खनाल , राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष महेश रिजाल , जिल्ला सदस्य चम्फा भुसाल , हुमा मास्के , अखिल नेपाल युबक संघ केन्द्रिय सदस्य चन्द्र प्रकाश आचार्य , अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य बिस्णु आचार्य , जिल्ला उपाध्यक्ष माधब आचार्य , अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष कमला बेल्बासे , राप्ती उधोग बाणिज्य संघ सदस्य तथा राप्ती इलोक्ट्रोनिक तथा मोबाइल ब्यबसायी संघ अध्यक्ष हरी खडका , भालुबाङ होटल ब्यबसायी संघ उपाध्यक्ष पुनाराम भुसाल को आतिथ्यता रहेको थियोे ।