राष्ट्रिय जनमाेर्चा बागलुङको बिरोध सभा बुर्तिबाङ बजारमा सम्पन्न

राष्ट्रिय जनमाेर्चा बागलुङले “प्रतिगामी खतरा बिरुद्ध संघर्ष गराै गणतन्त्रको रक्षा गराैं ´´ भन्ने उदघाेषका साथ २०८२ बैशाख २० गते देखि २६ गते सम्म सञ्चालित पालिका केन्द्रीय संघर्षको कार्यक्रम अन्तरगत २०८२ बैशाख २४ गते बुर्तिबाङ बजारमा बिराेध सभा सम्पन्न गरेको छ । सभालाई संबाेधन गर्दै कार्यक्रमका प्रमुख बक्ता राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाले गणतन्त्र माथि खतरा बढनु राजाबादी शक्ति मात्रै जिम्मेवार नभई अहिले सम्म सत्तामा रहेर नागरिककाे चाहना अनुसार काम गर्न नसक्नु, भ्रष्टाचार बढ्दै जानु, नागरिकहरुले सुशासनकाे प्रत्याभूति हुने गरि सुधार गर्न नसक्नु नै हाे । देसका सत्तासिन पार्टीहरु आफुलाई सिद्धान्तमा गणतन्त्रबादी घाेषणा गरेपनि सासन गर्ने कार्यशैली र व्यवहारले गणतन्त्र प्रति जनताको बिश्वास घट्दै गएको बताउनु भयाे । जनताको बलिदानपुर्ण संघर्ष बाट प्राप्त गणतन्त्र र धर्म निरपेक्षता यि उपलब्धि जाेगाउने आन्दोलनमा सहभागी हुन आव्हान गर्नु भयो । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य  दुर्गा खरेलले मन्तव्य राख्नु भएकाे थियो । कार्यक्रममा ने क पा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, रक्तिम साँस्कृतिक परिवार बागलुङका अध्यक्ष सबिन अग्रेजा, राष्ट्रिय जनमाेर्चाका जिल्ला सदस्य हरुकाे आतित्थ्यता रहेको थियोे । कार्यक्रम राष्ट्रिय जनमाेर्चाका जिल्ला काेषाध्यक्ष दिपक थापाकाे अध्यक्षता, जिल्ला सचिव भिमलाल पाेखरेलकाे सञ्चालन र जिल्ला सदस्य थमन घर्तीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भने यस सप्ताह व्यापी कार्यक्रमकाे समापन बैशाख २६ गते बागलुङ बजारमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी प्रमुख आतित्थ्यतामा सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation