
प्युठान ,२०८२वैशाख २५, अर्थात विश्व रेड्क्रस दिवस तथा जाँ हेनरी ड्युना को जन्म दिनकाे अवसरमा नेपाल रेड्क्रस सोसाइटी मच्छी उपशाखाको आयोजनामा तथा युवा रेडक्रस साेसाईटी गाैमुखी क्याम्पसकाे आतिथ्यतामा “मानवताकाे साथमा On the Side of Humanity “भन्ने मुल नाराका साथ विश्व रेडक्रस दिवस मच्छीमा सप्पन्न भएको छ।
राष्ट्रियगान शान्ति धारणबाट अगाडि बढेकाे कार्यक्रममा अतिथिबाट ड्युनाकाे फाेटाेमा माल्यार्पण तथा संझना गरिएको थियाे।
प्रमुख अतिथि नेपाल रेडक्रस साेसाईटी मच्छी उपशाखा सभापति नारायण बहादुर जि.सी.ले व्यानरमा पढेर उद्घाटन गरेकाे कार्यक्रममा , गाैमुखी क्याम्पस मच्छीका स्वतन्त्र विद्यार्थी यूनियनका उप सभापति विज्ञान मल्ल ,ने.रे.सो. मच्छी उपशाखाका निवर्तमान सभापति ऋषिराम शर्मा,गाैमुखी क्याम्पसका शिक्षक नायक दान बहादुर बुढाथोकी लगायतले शुभकामना दिनु भएको थियोे ।गाैमुखी क्याम्पसका क्याम्पस प्रमुख एकराज पाैड्याल,निवर्तमान क्याम्पस प्रमुख शेर बहादुर जि.सी.काे उपस्थिति रहेकाे कार्यक्रममा
गाैमुखी क्याम्पसका सह नायक महेन्द्र पाेखरलकाे स्वागत भाषण, सह प्राध्यापक गाेपाल गिरीकाे संचालनमा भएको थियो।