
शंकर प्रसाद पोख्रेल ,बुटवल
राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रतिगामी खतराका विरुद्ध जनचेतनामूलक बिरोधसभा सम्पन्न गरेको छ।जिल्लाका सबै स्थानीय तहहरुमा राजाबादी खतराका विरुद्ध जनचेतनामूलक बिरोध सभा सम्पन्न गरिएको कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्यले विश्व नेपालीलाई बताउनुभयो ।
त्यसैगरी आज बुटवलको देबिनगरमा राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रतिगामी खतराको विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई नेकपा मसाल रुपन्देहीका प्रबक्ता लालचन्द पन्त,राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टान बहादुर केसी ,राष्ट्रिय जनमोर्चा बुटवल नगर अध्यक्ष पदम श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो।कार्यक्रमको संचालन राजमो जिल्ला सचिब कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको बिच बिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकाहरुले गित र नृत्य प्रस्तुत गरेका थिए।