
ढुणडिराज शर्मा-बुटवल
आधुनिक मानब जातीको इतिहॅास भनेको ४० हजार बर्षको मानिन्छ।यस्मा झण्डै ३२ हजार बर्ष त आदिम साम्यबादी युगले लियो,झण्डै ६ हजार वर्ष दास युगले लियो भने झण्डै १५ सय वर्ष सामन्तवादी युगले राज गर्यो र ५ सय वर्ष देखि यता पॅुजीबादी युगले रजाईं गरिरहेको अवस्था छ।पॅुजीवाद पछि आऊने ब्यवस्था भनेको समाजवादी युग नै हो।लेनिन भन्नु हुन्छ ’समाजवाद पॅुजीवादको गर्भबाट जन्मिन्छ”।ढीलो वा चॅाडो समाज बिकासको यो द्वन्दवादी नियमलाई कसैले रोक्न सक्ने छैन।नेपालमा अझै पनि सामन्तवादको जरो किलो ऊखेल्न बॅाकी नै छ।तर समग्रमा आज हामी पॅुजीवादी गणतान्त्रिक युगमा छौं।हामी यो गणतन्त्रलाई तिरस्कार गर्न सक्दैनौं।प्राप्त ऊपलब्धीको रक्षा गर्दै नौलो जनवादी क्रान्तिको बाटो हुदै समाजवाद र साम्यवाद सम्म पुग्नु नै सच्चा क्रान्तिकारीहरूको मुख्य ऊदेश्य हो र हुनुपर्दछ।
समाज बिकासको क्रम अग्रगमन पश्चगमन हॅुदै अन्तत अग्रगमन तर्फ नै अगाडि बढेको हुन्छ।नेपाल साथै बिश्व इतिहॅासमा पनि हामी त्यहि देख्न सक्छौं।नेपालमा राणा शासनको अन्त्य पछि बहुदलिय ब्यवस्था आयो,त्यो ब्यवस्थालाई सत्र सालमा राजाको पंचायती ब्यवस्थाले खायो।राजाको तानासाही ३० बर्ष चल्यो।४७ सालको जनआन्दोलनले देशमा पुन बहुदलीय ब्यवस्था ल्याउन सफल भयो।ज्ञानेन्द्र शाहले २०६० मा फेरी प्रतिगमन गराई तानाशाही ब्यवस्था लाद्न शुरू गरे पछि २०६२/६३को संयुक्त जनआन्दोलनको बलमा देशमा गणतन्त्र ल्याऊन सफल भयो।आज आएर पुन प्रतिगमनकारीहरू सलबलाई रहेको अवस्था छ।देशलाई अस्थिर बनाएर आफ्नो रोटी सेक्न बिदेशी साम्राज्यबादी शक्तिहरू कम्मर कसेर लागेका छन।तसर्थ गणतन्त्रको रक्षाको प्रश्न आजको प्रमूख बिषय बन्न गएको छ।——/////———
एऊटा ड्राईभरले गाडी एक्सीडेन्ट गराऊॅछ,अनि गाडीलाई के दोष? दोष त चलाऊनेको हुन्छ।गाई बिमारी भयो दुध दिएन भनेर दाम्लो फुकाएर भगाई दिने कि त्यसको उपचार गर्ने, ऊपचार गर्यौ भने अबस्यमेब ऐले नभए आर्को बेतमा मज्जाले दुध दिने छ।एऊटा बिरूवा मल जल नपाएर,कीरा लागेर मर्न थालेको छ, त्यससलाई मलजल तथा ऊपचार गर्यौ भने अबस्य त्यो बिरूवा फल्न फूल्न थाल्ने छ।तसर्थ आजको मुख्य सवाल भनेको गणतन्त्रमा लागेको रोगको ऊपचार गर्नु नै हो।तसर्थ ब्यबस्था परिबर्तन हैन ब्यबस्था भित्रका धमीराहरूलाई समूल नष्ट गरेमा मात्र गणतन्त्र फष्टाउदै जाने छ र यस्ले फल दिन थाल्ने छ।दुखद भन्नु पर्छआज गणतन्त्रका कथित नाईकेहरू आफैले जन्माएको गणतन्त्र माथि कुठाराघात गरिरहेका छन।गणतन्त्रको दोहोलो काढेका छन।सत्ताको फोहोरी खेलमा लागेर गणतन्त्रलाई चक्रब्यूहमा फसाई रहेका छन।होसियार दलहरू!धरापमा परेको देशको राष्ट्रियता र गणतन्त्र बचाऊनेहो भने सबै गणतन्त्रवादीहरू एक ठाऊमा बसेर भीष्म प्रतिज्ञा गर्नु पर्छ.हैन भने आफुले खनेको खाल्टोमाआफै पुरिने अबस्था छ।
आज राजावादीहरूले भन्ने गरेका छन’आज देशमा ७६१ वटा राजा छन,७६१ राजा पाल्नु भन्दा एऊटै राजा काफी छ’।सुन्दा कति कर्णपृय लाग्ने यी भनाईको परिणाम कति घातक हुन्छ?राजावादीहरूलाई भन्न चाहान्छु,यो त तपाईहरूका नाईकेले नारायणहिटी दरवारमा कैद गरेको जनताको अधिकारलाई बिकेन्द्रीकरण गरेको हो।हिजोका भुत्ते पालीकाहरू आज अधिकार सम्पन्न भए पछि बामे सर्न थालेका छन।आ-आफ्ना स्थानमा सेवा तथा बिकास निर्माणको काममा कम्मर कसेर खटेका छन।राजावादीहरूको आर्को एऊटा मन्त्र छ,ऐले भन्दा त राजाहरूका पालामा बिकास थियो।राजाका पालामा खोलेका ऊद्योगहरू बहुदल आए पछि बेचेर खाए।यी भ्रमहरूलाई चिर्न म पंचायत कालका ३०बर्ष र लोकतान्त्रिक ब्यवस्थाका ३० वर्षमा बिकासको तुलना एबं अवस्थाका दृष्टान्तहरू पेश गर्न चाहान्छु।
कुल ग्राहस्थ ऊत्पादन—पंचायतका ३० बर्ष ३खर्ब ६३अर्व थियो भने लोकतान्त्रिकका ३० बर्षमा५० खर्ब,गरीबी—पंचायत ४९%,लोक..२३%,सडक संजाल—पंचायत ७३३० कि.मि.,लोक..१०८५०० कि.मि.
खानेपानी—पंचीयतका ३० बर्ष ३६%मा पहुच थियो लोक..९५%परीवारमा पहुच,साक्षरता—पंचायत ४०%त्यस पछिका ३०बर्ष७६%,बिद्युत पहॅुच—पंचायत ८% ३२७ मे.वाट.लोकतान्त्रिकका ३० बर्षमा ९८%२८०० मे.वा.,सरदर आयु—१७-४७ सम्म५४ बर्ष र ४७-७७ लोक..७१ बर्ष,प्रतिब्यक्ति आय—१७सालमा ५०डलरबाट ३० बर्षमा जम्मा १८५डलर,४७ पछिका ३० बर्षमा१२२५ डलर,आज…डलर,स्वास्थ्यसंस्था—१७-४७ सम्म ९४५वटा थिए,४७-७७सम्म७८००वटा,बाल मृत्युदर—१७-४७ सम्म १००० मा १२८ थियो भने ४७-७७ सम्म२१जना मात्र,
खुला अर्थतन्त्र बारे पनि राजाकै पालामा खर्च धान्न नसकेर २०४४सालमा नै डा.प्रकासचन्द्र लोहनीले वर्डबैंक र आईएमएफ संग ऊदारीकरण र नीजिकरण मान्छौ भनेर संझौता गरेका थिए।बिदेश पलायनको बारेमा पनि लोकतन्त्र आऊनु भन्दा अगाडी राजाहरूका पालामा पनि गाऊॅगाऊ बस्ती ऊठेर बर्मा, सीक्कीम. आसाम आदि ठाऊॅहरूमा पलाएन भएको इत्तिहास छ।यी तथ्यहरूले राजावादीहरूको फुर्तिमा कुनै दम नभएको तर गणतन्त्रवादीहरू सच्चिनै पर्ने अवस्था रहेको छ।चेतना भया॥