काली गण्डकी सडक खुल्ला भएपछि मुक्तिनाथ जाने तीर्थयात्री बढे।।

रमा पन्थी
जेठ ३० रुपन्देही ।लामो समयदेखि अवरुद्ध रहेको काली गण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक खण्ड खुल्ला भएपछि मुक्तिनाथधाम जाने तीर्थयात्री तथा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

हालैको निरन्तर प्रयासपछि चैत १५ देखि वैशाख २५ सम्म (करीब ४० दिन) सडक मर्मत गरिएर सन्चालनमा आएपछि आन्तरिक तथा विदेशी पर्यटकहरू सहज रूपमा मुक्तिनाथ पुग्न थालेका छन्। गण्डकी प्रदेश सरकारका अनुसार दैनिक हजारौं यात्रुहरूले यो बाटो प्रयोग गरिरहेका छन्। वैशाख २७ देखि जेठ १० सम्म भने — दैनिक औसत ५०० जना यात्रु मुक्तिनाथ पुगेको थिए ।

स्थानीय व्यवसायीहरूले पर्यटकको चाप बढेसँगै होटल तथा यातायात सेवामा समेत सुधार आएको बताइरहेका छन्।
मुक्तिनाथ धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण स्थल भएकाले सडक सुचारु हुनु स्थानीय विकासका लागि सकारात्मक मानिएको छ।

पर्यटन विभागले आगामी दिनमा यातायात सुविधा अझ व्यवस्थित र सुरक्षित बनाउने तयारी गरिरहेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation