गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

 

खोलामा माछा मार्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकसको ज्यान गएको छ ।

राकसकाे शव मंगलवार बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।

हिजो बेलुका घरबाट माछा मार्न भनी खोलामा निस्किनुभएका उहाँ राति अबेरसम्म घरमा नफर्केपछि परिवारले खाेजी थालेकाे थियो । हिजो बेलुका त्यस क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation